चीनले सिन्धुपाल्चोकलाई दियो रू. १ करोड भन्दा बढीको स्वास्थ्य सामग्री

जनपत्र
२९ श्रावण २०७७, बिहीबार ०५:५८

दैनिकरूपमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला छिमेकी मुलुक चीनले सिन्धुपाल्चोकलाई रू. १ करोड २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको न्यालम काउन्टीका उपनिर्देशक साङ बुले बुधवार सीमाक्षेत्र लिपिङ पुलमा तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

न्यालम तिब्बतको काउन्टी हो । न्यालमले २ हजार ८०० थान पीपीई, ५ हजार थान डिस्पोजल मेडिकल ह्याट, ५ हजार थान मेडिकल आइसोलेसन सुज कभर, ३ हजार थान गगल्स, २ हजार थान आइसोलेसन मास्क, २ हजार थान एन९५ मास्क, २ हजार थान पीसीआर टेस्ट रिजेन्टस, २ हजार थान पीसीआर टेस्ट स्वाब र ५ हजार थान डिस्पोजेवल मेडिकल मास्क सहयोग गरेको हो ।

जिल्लामा कोरोना महामारीले तीव्र रूप लिँदै गरेको अवस्थामा न्यालम काउन्टीले गरेको सहयोग अत्यन्तै महŒवपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*