बेरुत विस्फोट : लेबनानको सरकार ढल्यो
लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।
यसअघि नै उनको मन्त्रिमण्डलका केही सदस्यले राजीनामा दिइसकेका थिए। गत बेरूतमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १६० नाघेको छ। अझै कतिपय बेपत्ता रहेको बताइएको छ। विस्फोटमा करिब ६ हजार मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ। विस्फोटपछि बेरूतका सडकमा प्रदर्शनहरु भइरहेका छन्।