भारतमा कोरोनाले ३८ हजार ९३८ को मृत्यु

जनपत्र
२१ श्रावण २०७७, बुधबार ०६:३३

भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।

मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृत्यु भएको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*