११ सय वर्ष पुरानो युरोपको ‘मदिरा भट्टी’

जनपत्र
२१ श्रावण २०७७, बुधबार ०६:२७

आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएको थियो ।

सिएन्स बार आयरल्यान्डको राजधानी डब्लिनमा छ । भनिन्छ, सिएन्स बार युरोपको ‘अँध्यारो युग’ मा सुरु भएको हो । तर पनि अहिलेसम्म आधिकारिक रुपमा विश्वको पुरानो बार भनेर प्रमाणित भएको छैन, प्रयास भने जारी छ । एक जमानामा सिएन्स पबमा राती अबेरसम्म रौनक छाउँथ्यो । आज पनि यसको आर्किटेक्ट उस्तै छ, जस्तो एघार सय वर्ष अगाडि थियो । यसको छत र पर्खाल बेतबाट बनेको छ । सजावटमा घोडाको बालाको प्रयोग गरिएको छ ।

आयरल्यान्डका रिसर्चर टिमी डोनोवन मदिरा भट्टीमा पछिल्लो तीस वर्षदेखि रिसर्च गरिरहेका छन् । अहिलेसम्म सिएन्स बार जति पुरानो अरु पब नभेटिएको बताउँछन् । ‘हामीसँगै इतिहासको एउटा ठूलो अध्याय हुनु हाम्रा लागि खुशीको कुरा हो’ उनी भन्छन् । युरोपमा धेरै अगाडिदेखि खुलेका पब छन्, जुन ऐतिहासिक छन् । बेलायतको द बिंगले आम्र्स, सन् ९५३ देखि सुरु भएको थियो ।

यस्तै ‘द स्करिड माउन्टेन इन १११०’, ‘ओल्ड ट्रिप टु जेरुसेलम ११८९’, डब्लिनको ‘ब्रेजन हेड ११९८’ देखि सञ्चालमा छन् । सबैले सदियौंदेखि मदिरा विक्री गर्दै आएको दावी गर्छन् । तर नेशनल म्युजियम अफ आयरल्यान्डको रिसर्चका अनुसार सिएन्स बार भनिएको समयभन्दा पनि निकै पुरानो हो । यो रिसर्चका अनुसार सन् ९०० देखि यो पब सुरु भएको थियो ।

आयरल्यान्डका मानिसमा तीन चीजलाई विशेष प्राथमिकता दिन्छन्, संगीत, कुराकानी र इच्छाअनुसारको काम । सिएन्स बारमा यी मानिसहरुका यी तीन इच्छा स्पष्ट देख्न पाइन्छ । आयरल्यान्डमा धेरै पब छन् । हरेक मदिराखानामा यस्तै संगीत, रमाइलो, खुशी छल्किन्छ । शान्स बारको कहानी पनि यस्तै छ । यहाँ मधुरो उज्यालो, शान्त वातावरणमा मोटा, गद्देदार कुर्सीमा मानिसहरु आरामले बसेर रमाइला कुराकानी गर्दै समय बिताउने गर्छन् ।

यो बारमा भएका काठका खम्बा धेरै कोरिएका छन्, केही नक्शा बनेका छन् । केही यादमा लेखेका कविता छन् । तर अफसोसको कुरा यो ऐतिहासिक मदिराखानामा संकटको बादल छाइरहेको छ । ड्रिकिंग इन्डस्ट्री गु्रप अफ आयरल्यान्डको हालैको तथ्यांकअनुसार यहाँ पछिल्लो १० वर्षमा तीव्र रुपले बारहरु बन्द भएका छन् । आयरल्यान्डमा भएको आर्थिक मन्दी र स्वास्थ्यप्रति मानिसहरुको सचेतताका कारण यहाँका बारहरु बन्द हुने क्रम बढेको छ । मन्दीले गर्दा मानिसहरु महंगा मदिरा किन्न सक्दैनन् । तर पनि सिएन्स बारले आफ्नो इतिहास सानदार बनाएको छ, चम्काएको छ ।

यहाँ बग्ने नदी सेननसँग सिएन्स बारको सम्बन्ध गहिरो छ । रिसर्चर डोनोवन भन्छन् ‘म परिवारसँग ३२ वर्षपहिला यहाँ आएर बसेको हुँ । आज पनि यहाँ ३२ वर्ष पहिलाको जस्तै अवस्था छ । म पनि आफ्नो रिटायरपछि यहीँ बारमा आएर स्टुल राखेर बस्नेछु, यो बारमा आउने जो कोही पनि खुशी भएर फर्किन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*