काेराेना भाइरसलाई हराउन कुनै ‘चाँदीकाे गाेली’ छैन : डब्ल्यूएचओ

जनपत्र
२० श्रावण २०७७, मंगलवार ०६:०७

विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले कोरोना भाइरसलाई हराउनको लागि कुनै ठोस उपचार पत्ता नलाग्ने हो कि भन्ने सम्भावना रहेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले यो भाइरसको कुनै सटीक र निश्चित प्रकारको उपचार उपलब्ध छैन र यसको ठोस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ ।’

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाविरुद्धको खोप खोज्न हतार गर्नु बाहेक भाइरसको लागि ुसिल्भर बुलेट ९चाँदीको गोली०ु नभएको बताउनुभएको छ । सङ्गठनले एक दिनअघि मात्रै पनि कोरोनाको महामारी अझै केही सयमसम्म रहिरहने बताएको थियो । यद्यपि विश्वभर कोरोना भाइरसबाट बच्नका लागि खोपको परीक्षण भइरहेको छ तर अहिलेसम्म निश्चित रुपमा कुनै खोप बजारमा आइसकेको छैन ।

गएको महिना अक्सफोर्ड विश्वविद्यालयले आफूले बनाएको खोप परीक्षणको क्रममा सुरक्षित भएको र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बताएको थियो । वैज्ञानिकहरुले पनि यसलाई ठूलो सफलता भएको बताएका थिए । अब त्यो खोपको अघिल्लो परीक्षण झण्डै १० हजार जनामा गरिँदैछ ।

अहिलेसम्म विश्वभर एक करोड ८२ लाखभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक करोड १४ लाखभन्दा धेरै निको भएर घर फर्किँदा ६ लाख ९३ हजारभन्दा बढीको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*