तालिम गर्ने क्रममा समुद्रमा डुबेर ९ अमेरिकी सैनिककाे मृत्यु
अमेरिकाको क्यालिफोर्नियास्थित समुद्रमा तालिमका क्रममा डुबेर नौ सैनिकको मृत्यु भएको छ। तीमध्ये १ जनाको मात्र शव भेटिएको छ। अमेरिकी नौसेनाका लेफ्टिनेन्ट जनरल जोसेफ आस्टरमैनका अनुसार बिहीबार सान क्लेमेन्ट टापुबाट फर्किने क्रममा मरिन क्राफ्ट दुर्घटना हुँदा ९ प्रशिक्षार्थी सैनक डुबेका हुन्।
हेलिकप्टर र डुंगा प्रयोग गरी खोजी गर्ने क्रममा तीन दिनपछि १ जनाको मात्र शव भेटिएको हो। तर बाँकी ८ जनालाई पनि मृत घोषित गरिएको छ। डुबेका सबै प्रशिक्षार्थी सैनिक नौसेनाको क्याम्प पेन्डलटन एकाइमा संलग्न थिए। एजेन्सी







