भारत : केन्द्रीय गृहमन्त्रीदेखि मुख्यमन्त्री र मन्त्रीहरु पनि कोरोना संक्रमित

जनपत्र
१९ श्रावण २०७७, सोमबार ०६:४२

भारतमा केन्द्रीय गृहमन्त्रीदेखि मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुलाई कोरोना संक्रमण भएको छ। हिजो आइतबार उत्तर प्रदेशकी क्याबिनेटमन्त्री कमल रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमित भएपछि उनलाई १८ जुलाईमा अस्पताल भर्ना गरिएको थियो। हिजो नै बेलुका भारतका गृहमन्त्री अमित शाहले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिए। उनी आफैंले ट्विट गरेर यो जानकारी दिएका थिए।

उता, उत्तर प्रदेशका जल शक्ति मन्त्री महेन्द्र सिंह पनि कोरोनाबाट संक्रमित भएका छन्। राति साढे ११ बजे कर्नाटकका मुख्यमन्त्री बी।एस। येदियुरप्पाले पनि ट्विट गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका छन्। अघिल्लो महिना उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जय प्रताप सिंह पनि कोरोना पोजेटिभ पाइएका थिए। आदित्यनाथ योगी मन्त्रीमण्डलका सदस्यहरु चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सैनी पनि कोरोना संक्रमित पाइएका थिए ।

गत हप्ता मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान पनि कोरोना भाइरसबाट संक्रमित पाइएका थिए । भारतमा हालसम्म १७ लाखभन्दा बढी कोरोनाबाट संक्रमित पाइसकेका छन्। पछिल्लो दुई दिनमा नै एक लाखभन्दा संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*