कुवेतले लगायो नेपालीहरुलाई प्रवेशमा निषेधाज्ञा

जनपत्र
१६ श्रावण २०७७, शुक्रबार ०६:००

कुवेतले देशमा नेपाली नागरिकहरुका लागि प्रवेशाज्ञामा निषेधाज्ञा लगाएको छ । कुवेत सरकारले पछिल्लो साढे तीन महिनादेखि बन्द रहेका अन्तर्राष्ट्रिय विमान सेवा अब फेरि १ अगस्तबाट सुरु गर्ने बताएको छ । बिहीबार कुवेत सरकारले १ अगस्टबाट विमान सेवा सुरु हुने भए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान तथा फिलिपिन्समा आउनेहरुलाई प्रवेशमा रोक लगाएको हो ।

यी देशमा भएका आफ्ना नागरिकलाई पनि देश नफर्किन कुवेतले अनुरोध गरेको छ । अन्य देशमा रहेका कुवेती नागरिक तथा अन्य मानिसहरु चाहिँ अब कुवेत आवतजावत गर्न पाउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*