मकवानपुरको परेवाभीर प्रदेश सरकारले नवनाए म वनाउँछु–नेता वानियाँ

जनपत्र
१४ श्रावण २०७७, बुधबार १८:२५

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको राक्सिराङ–५ स्थित परेवाभीरको बाटो प्रदेशले नबनाए व्यक्तिगत लगानीमा भए पनि बनाइदिने घोषणा गरेका छन् ।

बुधबार नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा आयोजना गरेर बानियाँले यस्तो प्रतिबद्धता जनाएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीरबाट बाटो बन्दै भन्ने प्रतिक्रिया दिएपछि बानियाँले यस्तो घोषाणा गरेका हुन् । ‘प्रदेश सरकारलाई उक्त स्थानमा बजेट हाल्न हरसम्भव प्रयास गर्नेछौं । तर, सरकारले बजेट विनियोजन नगरेको खण्डमा आफ्नो व्यक्तिगत लगानीमा बाटो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, पत्रकार सम्मेलनमा बानियाँले भने ।

जनताको माग अनुसार नै परेवाभीर आफ्नो ‘अर्जुन दृष्टि’ बनेकोले संघीय र प्रदेश सरकारबाट नबने व्यक्तिगत खर्चमा पनि बनाउने पत्रकरासम्मेलनमा पटक÷पटक प्रतिबद्धता जनाएका थिए । उनले परेवाभीरको विकल्प नरहेको उल्लेख समेत गरेका छन् । उनले गाउँपालिकाले डीपीआर बनाइसकेको अवस्था टेण्डर प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभीरबाट सडक बनाउनु परेको उनको भनाइ थियो । त्यहाँका जनता गाँजाको भरिया बनेको भरमा जेल जानुपर्ने अवस्था आएको बताउँदै जनतालाई अवैध गाँजा खेतीको विकल्पमा अन्य खेती प्रणालीमा जोड्न सडक सञ्जाल आवश्यकता रहेको बताए ।‘परेवाभीर मेरो निर्वाचन क्षेत्रमा पर्छ । त्यसक्षेत्रको समृद्धिका लागि आफ्नोतर्फबाट सदैव प्रयास जारी रहनेछ ।’, उनले थपे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*