कोरोना महामारी : विश्वभर १ करोड ६३ लाख संक्रमित, ६ लाख ५१ हजारको मृत्यु

जनपत्र
१३ श्रावण २०७७, मंगलवार ०६:२२

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६३ लाख ९६ हजार ९ सय ५४ पुगेको छ। संक्रमणबाट हालसम्म ६ लाख ५१ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ भने ९५ लाख १२ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने १ लाख ४७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा २४ लाख ४२ हजार ३ सय ७५ संक्रमित र ८७ हजार ६ सय १८ को मृत्यु, भारतमा १४ लाख ३५ हजार ४ सय ५३ संक्रमित र ३२ हजार ७ सय ७१ को मृत्यु तथा रुसमा ८ लाख १६ हजार ६ सय ८० को मृत्यु र १३ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*