अन्तरिक्षमा रुसले हतियारयुक्त स्याटेलाइट प्रक्षेपण गरेको अमेरिका र बेलायतको आरोप

जनपत्र
९ श्रावण २०७७, शुक्रबार ०६:०२

रुसले अन्तरिक्षमा स्याटेलाइट हतियार ‘प्रोजेक्टाइल’ प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ । रुसले हालै एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट अतियार प्रक्षेपण गरेको र अति चासोको विषया रहेको अमेरिकाको विदेश विभागले जनाएको छ ।

यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता वा अवस्था थाहा पाउनका लागि नयाँ प्रकारको प्रविधि प्रयोग गरेको बताएको थियो । अमेरिकाले यसअघि नै रुसको नयाँ स्याटेलाइट सम्बन्धी कार्यप्रति चासो व्यक्त गरेको थियो ।तर पहिलो पटक बेलायतले रुसमाथि अन्तरिक्षमा हतियार प्रक्षेपण गरेको अभियोग लगाएको हो।

केही दिनअघि मात्रै बेलायत सरकारले गरेको अनुसन्धानमा रुसबाट उत्पन्न भएको जोखिमलाई कम आँकिएको उल्लेख थियो । रुसले आफ्नो हतियार नियन्त्रण क्षमता अन्तरिक्षसम्म बिस्तार गर्न चाहेको र यो कार्य हिप्पोक्रेसी रहेको अमेरिकाले बताएको छ । यस्तै हतियारको गुणयुक्त स्याटेलाइ हालै रुसले प्रक्षेपण गरेको भन्दै बेलायतले चिन्ता व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*