अमेरिकामा कोरोना महामारी अझै खराब बन्ने, मास्क लगाउन ट्रम्पले नै गरे आह्वान

जनपत्र
७ श्रावण २०७७, बुधबार ०६:०९

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गर्नुभएको छ । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गर्नुभएको हो । कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उहाँले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार्नुभयो ।

यद्यपि उहाँ भने उक्त पत्रकार सम्मेलनमा पनि मास्क बिनै उपस्थित हुनुभएको थियो । यसअघि भने उहाँ मास्क लगाउन आह्वान गर्नेहरुको मजाक उडाउनु हुन्थ्यो । अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारहरुले उहाँलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् । गत अप्रिलमा उहाँले संक्रमण रोक्ने खोप दिएर महामारी नियन्त्रणमा लिन सकिने एक अभिव्यक्तिको आलोचना भएपछि नियमित पत्रकार सम्मेलन बन्द गर्नुभएको थियो ।

तर तीन महिनापछिको कोरोना पत्रकार सम्मेलनमा निकै संयमित रुपमा उहाँले त्यही कुराहरु गर्न आह्वान गर्नुभयो, जुन यसअघि जनस्वास्थ्यविदहरुले लगातार भन्दै आएका थिए । उहाँले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन आह्वान गर्नुभयो । यसैबीच आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडनले कडा टक्कर दिन थालेपछि ट्रम्पको बोली फेरिन थालेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*