विश्वमा एकैदिन थपिए दुई लाख २३ हजार कोरोना संक्रमित

जनपत्र
४ श्रावण २०७७, आईतवार ०७:२६

विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख २३ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वभर दुई लाख २३ हजार ६६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा केही कम हो। अघिल्लो दिन दुई लाख ४० हजार ६८१ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण विश्वभर चार हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृतकको संख्या पनि घटेको छ। अघिल्लो दिन कोरोना भाइरस संक्रमणका विश्वमा पाँच हजार ५८३ जनाको मृत्यु भएको थियो। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६२ हजार ९८६ जना जना रहेका छन्। सोही समयमा अमेरिका ८०५ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २६ हजार ४२७ जना संक्रमित थपिएका छन् भने ८०३ जनाको मृत्यु भएको छ।

भारतमा ३७ हजार ४०७ संक्रमित थपिँदा सोही अवधिमा ५४३ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार २३४, साउथ अफ्रिकामा १३ हजार २८५, पेरुमा तीन हजार ९६३, चिलिमा दुई हजार ३०७, मेक्सिकोमा सात हजार २५७ र पाकिस्तानमा एक हजार ९१७ जना संक्रमित थपिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*