कोरोना महामारी : विश्वभर संक्रमितको संख्या १ करोड ३७ लाख नाघ्याे, ५ लाख ८८ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख ४० हजार ७ सय २७ पुगेको छ। कोरोनाबाट हालसम्म ५ लाख ८८ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ। ७६ लाख ७० हजार३ १ सय ४५ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३५ लाख ६० हजार ३ सय ६४ पुगेको छ भने १ लाख ३८ हजार २ सय १ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख १२ हजार १ सय ५१ संक्रमित छन्र भने ७६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ।
भारतमा ९ लाख ६८ हजार ८ सय ७६ संक्रमित र २४ हजार ९ सय १५ को मृत्यु भएको छ। रुसमा ७ लाख ५१ हजार ६ सय १२ संक्रमित र ११ हजार ९ सय २० को मृत्यु भइसकेको छ।