जेठमा भित्रियो ९४ अर्ब रुपैयाँ रेमिट्यान्स, पोहोरभन्दा ३ प्रतिशत कम
नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । चैतमा ३४ अर्ब पाँच करोड, वैशाखमा ५३ अर्ब नौ करोड र जेठसम्म आइपुग्दा ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको ।
११ महिनामा सात खर्ब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर यो पोहोरको तुलनामा तीन प्रतिशतले कमी हो । पोहोर यै अवधिमा रेमिट्यान्स १७ प्रतिशतले बढेको थियो ।