भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, एकैदिन २८ हजार संक्रमित

जनपत्र
३० असार २०७७, मंगलवार ०६:२५

चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिदा भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*