अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

जनपत्र
२३ असार २०७७, मंगलवार ०६:३७

६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये १३ लाख १० हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ९६ हजार ८४ जनामध्ये १६ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*