मोदीले घुमाउरो पारामा चीनलाई भने विस्तारवादी, चीनले दियो यस्तो जवाफ

जनपत्र
२१ असार २०७७, आईतवार ०७:३०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक जब लेह पुगे त्यहाँ उनले सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरे । उनले आफ्नो सम्बोधनमा १४ कोरको साहसिक किस्साको चारैतिर तारिफ भएको बताए । उनले भने, ‘संसारले तपाईंहरुको अदम्य साहस देखेको छ । तपाईंको शौर्य गाथा घर–घरमा गुञ्जिरहेको छ । ’

मोदीले नरेन्द्र मोदीले जवानसँग भने, ‘तपाईंको इच्छाशक्ति पहाडजस्तै बलियो र दृढ छ, पूरा देशलाई तपाईंहरुमाथि गर्व छ । उनले सीमावर्ती इलाकामा इन्फ्रास्ट्रक्चरको विकासमा खर्च बढाएर तीन गुणा बनाएको जानकारी दिए । मोदीले लेहमा जवानलाई सम्बोधन गर्दै चीनको नाम नलिइकनै विस्तावादको युग अन्त्य भइसकेको बताए । मोदीले भने, ‘विस्तारवादको युग अन्त्य भइसकेको छ । अब विकासवादको समय सुरु भइसकेको छ । तीब्र रुपमा परिवर्तन भइरहेको विकासवाद नै समय सान्दर्भिक छ । पछिल्लो शताब्दिमा विकासवादले नै मानव जातीको विनास गर्यो । यदि कोहीमाथि विस्तारवाद सवार भए, उनीहरु सधैं विश्व शान्तिका लागि खतरा हुन् । ’

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयानमा आफ्नो प्रतिक्रिया दिएको छ । चिनियाँ दूतावासका प्रवक्ता जी रोंगले ट्वीट गर्दै भने, ‘चीनका १४ छिमेकीमध्ये १२ वटा सँग शान्तिपूर्ण कुराकानीको आधारमा सीमाको निर्धारण भएको छ र यसले सीमालाई पारस्परिक सहयोगको बन्धनमा बाँधिदिएको छ । चीनलाई उसको छिमेकीसँग मतभेद बढाई–चढाई, मनगढन्ते तरिकाले पेश गर्नु र त्यसलाई विस्तारवादी रुप दिनु आधारहीन हो ।’ मोदीले सेनाको जवानलाई भने, ‘तपाईंहरु जुन सेवा गर्नुहुन्छ, त्यसको प्रतिस्पर्धा पूरा विश्वमा कसैले पनि गर्न सक्दैन ।’

बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*