एक करोड कोरोना संक्रमित, मृतक पाँच लाख नाघ्यो

जनपत्र
१४ असार २०७७, आईतवार ०६:०९

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नाघेको छ । मृतक संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड ७३ हजार ८ सय १४ संक्रमित छन् । जसमध्ये मृतक संख्या ५ लाख ६ सय ८ छ ।

बितेको २४ घन्टामा एक लाख ७५ हजार संक्रमित थपिएका छन् । ४५ सय जनाको मृतक थपिएका छन् । अमेरिकामा २५ लाख ९६ हजार संक्रमित संख्या छ । त्यहाँ एक लाख २८ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा १३ लाख संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । रुसमा ६ लाख २७ हजार संक्रमित संख्या छ । त्यहाँ ८ हजार ९ सयको मृत्यु भइसकेको छ । भारतमा ५ लाख २९ हजार संक्रमित मध्ये १६ हजारको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*