बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा

जनपत्र
८ असार २०७७, सोमबार ०७:२६

स्पेनिस ला लिगा अन्तर्गत गएरातिको जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। समान ६५ अंक रहेको बार्सिलोनालाई हेड टू हेडका आधारमा पछि पार्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो। गएरातिको खेलमा मड्रिडले रियल सोडिडाडकको मैदान रेले एरियानामा घरेलु टिमविरुद्ध २–१ गोल अन्तरको जित निकालेको थियो। जितका लागि कप्तान सर्जियो रामोस र करिम बेञ्जेमाले एक–एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रामोसले गोल गरे। भिनिसियल जुनियरमाथि फल भएपछि मड्रिडले पेनाल्टी पाएको थियो।

त्यस्तै ७० औं मिनेटमा बेञ्जेमाले गोल गरेपछि मड्रिडले २ गोलको अग्रता बनाएको थियो। सोसिडाडका माइकेल मेरिनोले खेलको ८३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन चाहे पनि फर्कन सकेन। जसकारण मड्रिडले २–१ गोलको जित हात पार्यो।

गएराति नै सम्पन्न अन्य खेलमा सेल्टा भिगोले घरेलु मैदानमा अलाभेसलाई हराएको छ। उसले पाहुना टोलीलाई ६–० गोल अन्तरले हरायो। त्यस्तै भ्यालेन्सियाले पनि पाहुना टोली ओसासुनालाई २–० गोल अन्तरले हराएको छ। जितसँगै सेल्टा भिगो १६ औं स्थानमा छ भने भ्यालेन्सिया आठौं स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*