शुक्रबार ४ सय २६ जना सङ्क्रमित थपिए, २ सय १६ जना घर फर्किए

काठमाण्डौ – शुक्रबार ४ सय २६ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ हजार नाघेको छ । शुक्रबार २ सय १६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
यस्तै हेटौँडामा भएको परीक्षणमा ६ जनामा, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जनामा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पाेजिटिभ देखिएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ । देशभरीका विभिन्न ठाउँमा निर्माण भएका क्वरेण्टीनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।