कतारमा फिफा विश्वकप रङ्गशाला निर्माणमा संलग्न नेपाली मजदुरले पारिश्रमिक पाएनन्
कतारको फिफा विश्वकप रङ्गशालाका लागि निर्माण परियोजनामा कार्यरत नेपालीलगायत विभिन्न देशका श्रमिकहरूले सात महिनासम्म पारिश्रमिक नपाएको खुलेको छ। एम्नेस्टी इन्टरनेसनलले यसको खुलासा गरेको छ।
कतारको अल बयात रङ्गशालाको बाहिरी आवरण निर्माणका लागि एक खरब १७ अरबभन्दा धेरै रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। यसको निर्माणको जिम्मा कतार मेटा कोट्स ९क्यूएमसी० कम्पनीले पाएको थियो। त्यहाँ कार्यरत करिब एक सय जना श्रमिकले सात महीनासम्म भुक्तानी नपाएको खुलेको हो।
यस विषयमा एम्नेस्टी इन्टरनेसनलले कतारी अधिकारी, फिफा र कतार विश्वकपको आयोजक समिति सुप्रिम कमिटि फर डेलिभरी एन्ड लिगेसीसँग यो मुद्दा उठाएको छ। त्यसपछि केही श्रमिकले आफूले पाउनु पर्ने पारिश्रमिकमध्ये केही पारिश्रमिक पाउन थालेको जनाएका छ। तर, अझै उनीहरूले धेरै पारिश्रमिक पाउन बाँकी एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।







