हेटौंडाको आइसोलेनमा आज ५५ जना

हेटौंडा । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा आज ५५ जना रहेका छन् । पछील्लो समयमा कोरोना भाइरसको संक्रमण वढेसंगै आइसोलेसनमा पनि निकै चाप वढेको छ । कोरोना संक्रमण हुन नदिनका लागि आइसोलेसनमा राख्ने गरिएको छ ।
आइसोलेसनमा पछील्लो समयमा निकै चाप वढेको र आज मात्र ५५ जना रहेको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले वताउनुभयो । आजै विहान २२ जनाको स्वाब संकलन गरिएको उहाँले वताउनुभयो ।
भारतबाट आएका र हेटौंडामा कोरोना संक्रमणको आसंका भएकाहरुलाई आइसोलेसनमा राखेर स्वाब परिक्षण गरिदै आएको छ ।