हेटौंडामा संसदीय समितिको वैठकः बजेटमा कोरोनाका कारण समस्यामा परेकालाई समेट्न सुझाव

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको वैठकले प्रदेश सरकारलाई लकडाउनपछी आगामी आर्थिक वर्षमा ल्याउनुपर्ने वजेटका विषयमा सुझाव दिएको छ । समितिका सभापति रमा आले मगरको अध्यक्षतामा वसेको वैठकले गरेका निर्णय प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललाई सुझावका रुपमा दिएको छ ।
आगामी आर्थिक वर्ष २०७७–०७८ मा मन्त्रालयले गर्नुपर्ने कामका विषयमा समितिले गरेको निर्णय कार्यान्वयन गर्नका लागि मन्त्री नेपाललाई सुझाव दिएको हो । समितिले उद्योगतर्फ अल्पकानि र दिर्घकालिन काम गर्नका लागि सुझाव समेत दिएको छ । अहिले समस्यामा परेका उद्योगका लागि अल्पकालिन राहतको व्यावस्था तत्काल गर्नका लागि सुझाव समेत दिइएको छ ।
समितिले उद्योग, पर्यटन, वन तथा वातावरण लगायतका क्षेत्रमा परेका समस्याको छलफल गरेर सुझावका रुपमा मन्त्रालयलाई पठाइएको बागमती प्रदेश संसद सचिवालयका अधिकृत प्रतिमा सापकोटाले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण परेका समस्या समाधानका लागि पनि मेला महोत्सवका लागि छुट्याएको रकम प्रतक्ष निर्वाचित सांसदले अनुगमन गर्नेगरी खर्च गर्नका लागि पनि सुझाव दिइएको छ । प्रदेशको कोरोना भाइरस (कोभिड १९) कोषमा रहेको रहकम चाडैनै स्थानीय तहमा पठाउनका लागि पनि सुझाव दिइएको छ ।
बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको वैठकले मन्त्रालयलाई दिइएका सुझाब यस प्रकार रहेका छन् ।