अमेरिकामा कोरोना संक्रमण उच्च गतिमा, एक लाख नाघ्यो

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ। कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान सबा ६ बजेसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ। जबकि, शुक्रबार बिहान यही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ थियो।
अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ ८६ हजार ४ सय ९८ जनालाई संक्रमण पुष्टि भएको छ।विश्वभर ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ।