इटलीमा कोरोना त्रास पुनः उत्कर्षमा, फैलावट तीव्र, निको हुने दर कम

जनपत्र
१५ चैत्र २०७६, शनिबार ०६:५१

इटलीले कोरोना संक्रमणको आतंकबाट तत्काल राहत नपाउने सम्भावना बढेको छ । यो हप्ता एक-दुई दिन मृतकको संख्या कम भएपछि इटलीले कोरोनामाथि नियन्त्रण पाउन थालेको अपेक्षा गर्न थालिएको थियो ।

तर, शुक्रबार सार्वजनिक तथ्यांकले उक्त अपेक्षामाथि पानी खन्याएको छ । शुक्रबार इटलीमा ९७० भन्दा बढी मानिसको मृत्यू भएको छ । यो कोरोना सुरु भएपछि कुनै एउटै देशमा एकैदिन ज्यान गुमाउनेको सर्वाधिक संख्या हो । इटलीमा शुक्रबार ४ जना चिकित्सकसँग अहिलेसम्म ४६ जना चिकित्सकहरुको मृत्यू भइसकेको छ भने ६४१४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ ।

अहिलेसम्म संसारभर कोरोनाको कारण मृत्यू हुनेको संख्या २६,३५० पुगेको छ । पछिल्लो तथ्यांकअनुसार शुक्रबार इटलीमा मर्नेको संख्याले रेकर्ड नै बनायो । एकैदिनमा ९७० जनाको मृत्यू भएसँगै युरोपेली देशमा मात्र ज्यान गुमाउनेको संख्या ९,१३४ पुगेको छ । युरोपमा ८६,४९८ जनामा कोरोना संक्रमण देखिएको छ भने १०,९५९ जना मात्र निको भएका छन् ।

यो हप्ता दुईपटक मृतकको संख्या घटेको थियो । उक्त नतिजासँगै स्वास्थ्यकर्मीको अनुहारमा मुस्कान भरिन थालेको थियो । तर पुनः एकपटक अवस्था दयनीय बनेको छ । संक्रमणको दर पछिल्लो समय ८ प्रतिशतबाट कम भएर ७।४ प्रतिशत बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*