भारतमा थप आठ जनाको मृत्यु, संक्रमित संख्या ७२७ पुग्यो

भारतमा कोरोना भाइरसबाट बिहीबार ८ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या २० पुगेको छ। त्यस्तै बिहीबार ७० जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै भारतमा संक्रमित हुनेको संख्या ७ सय २७ पुगेको छ।
कोरोना भाइरस फैलिन नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउन घोषणा गरेको छ। यसअघि जनता कर्फ्यू लागू गरेका प्रधानमन्त्री मोदीले प्रभावकारी नबनेपछि लकडाउन घोषणा गरेका थिए।
विश्व स्वास्थ्य संगठनले पनि भारतलाई महामारी फैलिने अर्को राष्ट्र बन्नसक्ने चेतावनी दिइसकेको छ। संक्रमण थप फैलिन नदिन सरकार लागिपरेको मोदीले बताएका छन्। अहिले भारतको २७ राज्यमा कोरोना भाइरसको महामारी फैलिसकेको छ। जसमा महाराष्ट्र, गुजरात, केरला, जम्मु काश्मीरलगायत छन्।