कोरोना संक्रमण भो स्पेनको उप्रधानमन्त्रीलाई

जनपत्र
१३ चैत्र २०७६, बिहीबार ०६:५४

स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य परिक्षणमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यस अगाडि भएको उनको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो। स्पेनको प्रधानमन्त्री कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तीलाई उल्लेख गर्दै सिएनएनले लेखे अनुसार उनलाई उपचारका लागि अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री छन्। कारमेन दोस्रोमा पर्छिन्। तर मन्त्रीपरिषद्मा उनी सबैभन्दा शक्तिशाली उपप्रधानमन्त्री हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*