कोरोना महामारीले अमेरिका इटालीजस्तै बन्नसक्ने अमेरिकी विज्ञको चेतावनी

जनपत्र
१३ चैत्र २०७६, बिहीबार ०६:३२

कोरोना महामारीले अमेरिका इटालीजस्तै बन्नसक्ने अमेरिकी जनस्वास्थ्यविज्ञले चेतावनी दिएका छन्।
अमेरिका जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ जनस्वास्थ्यविज्ञ डा। जेरम एडम्सले सिएनएनसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्। ‘सबै अस्पताल कोरोना भाइरस ९कोभिड–१९० का बिरामीले भरिएका छन्, भेन्टिलेटर र आइसियुको अभाव देखिएको छ, जति तयारी र सतर्कता हुनुपर्ने हो, भएन,’ उनले भनेका छन्।

सुरुको अवस्थामा लकडाउन गरेर ट्रिटमेन्ट प्रभावकारी बनाएको भए अमेरिकाले यो महामारीलाई नियन्त्रण गर्नसक्ने उनको भनाइ थियो। यसैगरी, न्युयोर्कको अस्पतालमा कार्यरत अर्का एक चिकित्सकले पनि दुई साताअघिबाट त्यहाँ कोभिड–१९ का बिरामी देखिन थाले पनि तयारीमा सरकार चुकेको दाबी गरे।

न्युयोर्कका दिनानुदिन कोभिड–१९ का बिरामी थपिएका थपियै भए पनि त्यसअनुसार व्यवस्था मिलाउन नसकिएको उनले गुनासो गरेका छन्। ‘कोभिड–१९ का बिरामीको उपचारका लागि अस्पताल पूर्ण रुपमा तयारी अवस्थामा नरहेको देखियो, यतिसम्मकी अस्पतालमा पुग्नेगरी बेड छैनन्, परीक्षण गर्ने मेसिन छैनन्, यस्तो अवस्थामा डाक्टरले कसरी काम गर्न सक्छन्,’ उनले प्रश्न गरेका छन्। यस्तै असावधानी रहेमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसमेत कोभिड–१९ को संक्रमणमा पर्नसक्ने उनको चेतावनी छ।

‘अस्पतालको दृश्य हेर्दा हामी न्युयोर्क सहरमा छौं भन्ने हामीलाई लाग्दैन, यो त तेस्रो विश्वका देशको जस्तै दृश्य देख्न पाइन्छ,’ उनी भन्छन्। जनस्वास्थ्य विज्ञ डा। जेरमका अनुसार सुरुमा न्युयोर्क क्षेत्रमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिए पनि पछिल्लो समय ५० वर्षभन्दा कम उमेर समूहमा पनि यो देखिएकोले सबै उमेर समूहका लागि यसले खतराको घन्टी बजाएको छ।नेपाल न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*