परिवारका ११ सदस्य, आपसमा २३ पटक विवाह !

जनपत्र
८ चैत्र २०७६, शनिबार ०६:३८

चीनमा विवाह तथा डिभोर्ससँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक चिनियाँ परिवारका ११ सदस्यहरुले एक आपसमा २३ पटक विवाह गरेका छन् । तर दुई हप्ताको बीचमै सबैले एक अर्कासँग डिभोर्स पनि गरेका छन् ।समाचार अनुसार सरकारी सुविधा लिनका लागि परिवारका सदस्यहरुले एक अर्कालाई विवाह गरेका हुन् ।

झेजियांग प्रान्तस्थित लिसुई शहर नजिकैको एक सानो गाउँमा बस्ने पेन नामका एक व्यक्तिले सरकारको सहरी नवीकरण मुआब्जा योजनाको बारेमा थाहा पाए । उक्त योजना अनुसार स्थानीय बासिन्दालाई कम्तिमा ४० वर्गमिटरको एउटा अपार्टमेन्ट दिइने घोषणा गरिएको थियो । सरकारको उक्त योजनाको लाभ उठाउन पेनको एउटा गज्जबको आइडिया सोचे। उनले सन् २०११ मा डिभोर्स गरिसकेकी आफ्नी पूर्वपत्नीसँग पुनः विवाह गरे ।

त्यसपछि सरकारी योजना अन्तर्गत उनलाई अपार्टमेन्ट प्राप्त भयो । अपार्टमेन्ट पाएको ६ दिनपछि उनले ती पत्नीसँग फेरि डिभोर्स गरे । ति व्यक्तिको लोभ यति बढ्यो कि अर्को अपार्टमेन्ट पाउनका लागि उनले आफ्नी साली र बहिनीसँग पनि विवाह गरे । त्यतिमात्र नभएर अन्य महिला आफन्तहरुलाई पनि उनले त्यहि धोखाधडीमा फसाए । डिभोर्स गरिसकेका आफ्ना बुवा आमाको पनि पुनः विवाह गराइदिए । पञ्जिकरण गरेर अपार्टमेन्ट पाएपछि डिभोर्स गराइदिए ।

अन्ततः ति व्यक्तिको त्यस्तो बदमासीको बारेमा सरकारी अधिकारीहरुले जानकारी पाए । यसरी एक अर्कामा विवाह गर्दै डिभोर्स गर्दै गर्ने ११ जना व्यक्ति एकै ठाउँका रहेको पनि खुलेको छ । प्रहरीले सबै ११ जनालाई गिरफ्तार गरेको छ । अनुसन्धानपछि ४ जनालाई हिरासतमा लिइएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*