इटालीमा कोरोना भाइरसका कारण २४ घन्टामै ६२७ को मृत्यु
कोरोना भाइरसका कारण सबैभन्दा क्षति व्यहोरिरहेको इटालीमा गत २४ घन्टामा यसले ६२७ को ज्यान लिएको छ। एएफपीका अनुसार योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ।
इटालीमा ४७ हजार २१ लाई कोरोना भाइरसको संक्रमण भएको छ। योसँगै कोरोना भाइरसका कारण संसारभरि नै ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ७६ पुगेको छ।






