जर्मनीमा कोरोना संक्रमण १ करोड पुग्ने चेतावनी

जनपत्र
६ चैत्र २०७६, बिहीबार ०६:०४

आगामी महिनाहरुमा जर्मनीमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड पुग्ने डरलाग्दो चेतावनी त्यहाँका अधिकारीहरुले दिएका छन् । ‘जर्मनीका जनताले कोरोनाभाइरस नियन्त्रणका लागि तय गरिएका उपायहरुको कठोर पालना गरेनन् भने आगामी महिनाहरुमा संक्रमित हुनेहरुको संख्या त्यति पुग्ने’ उनीहरुले चेतावनी दिएका हुन् ।

‘हामीकहाँ यो महामारी गणितीय हिसाबले बृद्धि भइरहेको छ,’ बर्लिनस्थित रोबर्ट कोच इन्स्टिच्यूटका अध्यक्ष लोथर वेइलेर भन्छन् । उनले ८ करोड जर्मन जनताहरुलाई अरुसँगको भेटघाटलाई सीमित गर्न पनि अनुरोध गरेका छन् ।

स्रोतः अलजजिरा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*