‘यसकारण फैलिन दिनुपर्छ काेराेना भाइरस’
विश्वव्यापी रूप लिएको कोरोना भाइरसको प्रकोप थप विस्तार हुन नदिन विश्वका सबैजसो मुलुकले आफ्नो ध्यान केन्द्रित गरेका छन् । यसमा संयुक्त अधिराज्य ९बेलायत० पनि अछुतो छैन । त्यहाँ हालसम्म करिब पाँच दर्जनले ज्यान गुमाइसकेका छन् भने एक हजार पाँच सयभन्दा बढी नागरिक संक्रमित छन् ।
तर, त्यही बेलायतका एक मुख्य वैज्ञानिकले भने ७० प्रतिशत जनसंख्यामा कोरोना भाइरसको संक्रमण फैलन दिनुपर्ने कुराको वकालत गरेका छन् । सर प्याट्री भालान्स नाम गरेका वैज्ञानिकले ७० प्रतिशत मानिसमा कोरोना भाइरस विस्तारको वकालत गरेका हुन् ।
बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार रहेका भालान्स रक्तनली र कोषको बायोलोजीसम्बन्धी रोगका विशेषज्ञ हुन् । सन् २०१८ मा बेलायत सरकारको प्रमुख वैज्ञानिक सल्लाहकार नियुक्त हुनुअघि उनी ‘ग्लेक्सोस्मिथलाइन इन्टरनेसनल फर्मास्युटिकल कम्पनी’को प्रमुख थिए ।
सन् २०१२ देखि २०१७ सम्म ग्लेक्सोस्मिथलाइनका प्रमुख रहेका भालान्सको कार्यकालमा दम, एचआइभी र क्यान्सर रोगविरुद्ध १४ नयाँ औषधिको विकास र विश्वव्यापी प्रयोगका लागि स्वीकृत भएको थियो । भालान्सले युनिभर्सिटी कलेज लन्डनको औषधि विभाग प्रमुखको भूमिकासमेत निर्वाह गरेका थिए ।
भालान्सले भनेका छन्, ‘कोरोना भाइरसको संक्रमणविरुद्ध सामूहिक प्रतिरक्षा प्रणाली ९हर्ड इम्युनिटी०को विकासका लागि जनसंख्याको ठूलो हिस्सामा यो कोरोना भाइरस संक्रमण हुन दिनु राम्रो हुन्छ ।’
के हो ‘हर्ड इम्युनिटी’?
सन् १९३० मा पहिलोपटक ‘हर्ड इम्युनिटी’ले मान्यता पाएको थियो । दादुरा रोगविरुद्ध संक्रमित धेरै बालबालिकाले प्रतिरक्षा क्षमताको विकास गरेपछि संक्रमणको दर निकै कम हुन पुगेको थियो । यसैगरी, ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिएको बिफर ९स्मलपक्स० रोगका लागि पनि सन् १९७७ मा यो प्रक्रिया अपनाइएको थियो ।
खासगरी श्वास–प्रश्वासबाट सर्ने रोगहरूमा ‘हर्ड इम्युनिटी’ प्रभावकारी मानिन्छ । यसबाट कमजोर प्रतिरक्षा प्रणाली भएका र खोपले काम नगर्ने मानिसलाई लाभ पुग्छ । जानकारहरूका भनाइमा, कुनै–कुनै रोगका हकमा ‘हर्ड इम्युनिटी’ यति प्रभावकारी हुने गरेको छ कि त्यसले मृत्यु र संक्रमणलाई शून्यमै पनि झार्ने गरेको छ ।
खासमा ‘हर्ड इम्युनिटी’ सरुवा रोगबाट बचाउने अनेक उपायमध्येको एक हो । जब कुनै जनसंख्याको ठूलो हिस्सा कुनै रोगविरुद्ध लड्न सक्षम बन्छ, त्यसपछि त्यो समुदाय वा क्षेत्रमा उक्त रोगको संक्रमण न्यून हुँदै जान्छ । किनकि त्यसक्रममा धेरै मानिसले रोगलाई पचाउन सक्ने भइसकेका हुन्छन् । यही अवस्थालाई ‘हर्ड इम्युनिटी’ भनिन्छ ।
मानौँ, कुनै एक गाउँमा १० हजार मानिसको बसोवास छ । त्यहाँ सात हजार मानिसलाई कोरोना भाइरस संक्रमण भयो । संक्रमित भए पनि उनीहरू बाँच्न सफल भए । यसरी बाँचेकाहरूबाट बाँकी तीन हजारमा संक्रमण फैलिने सम्भावना न्यून रहन्छ । यो नै ‘हर्ड इम्युनिटी’को प्रक्रिया हो ।
केही अन्य वैज्ञानिक भने ‘हर्ड इम्युनिटी’ कोरोना भाइरसको सवालमा प्रभावकारी हुन्छ भन्ने कुराको प्रमाण नरहेको दाबी गर्छन् । त्यसकारण बेलायतले कोरोना भाइरसका लागि ‘हर्ड इम्युनिटी’को योजना बनाउनु गम्भीर गल्ती हुने उनीहरूको दाबी छ ।
जस्तो कि हार्डवर्ड विश्वविद्यालयका प्रोफेसर विलियम हानेजले भनेका छन्, ‘म पनि कोरोना भाइरसको महामारीविरुद्ध छु । तर, जब मैले बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार रहेका भालान्सजस्ता जिम्मेवार व्यक्तिको कोरोनाजस्तो संवेदनशील विषयमा ‘हर्ड इम्युनिटी’ योजनाबारे सुनेँ, मलाई यो व्यंग्य हो कि जस्तो लाग्यो ।’
‘गम्भीर विषय’
कोरोना भाइरसबाट संक्रमित भएकामध्ये बढी उमेर–समूहका मानिसको मृत्युदर उच्च छ । ‘हर्ड इम्युनिटी’ प्रक्रियामा जाने हो भने संक्रमण अरू तीव्र बन्नेछ । त्यसक्रममा कैयौँको मृत्यु हुन्छ ।
कुनै रोग लाग्न नदिनु र लागिहालेमा संक्रमित व्यक्तिको जीवन जोगाउनु नै आधुनिक चिकित्सा विज्ञानको कर्तव्य हो । तर, ‘हर्ड इम्युनिटी’ले चाहिँ तत्कालका लागि मानिसमा रोगको संक्रमण हुन नदिने र जीवन जोगाउने कुराको पक्षपोषण गर्दैन । यो वर्तमानकेन्द्रित होइन, भविष्यकेन्द्रित छ । अर्थात् यसले अहिलेका लागि प्रतिरोधी क्षमता बढाउने र भविष्यमा मात्र संक्रमण र संक्रमणबाट जीवन जोगाउने कुराको पक्षपोषण गर्छ ।
‘हर्ड इम्युनिटी’ प्रक्रियामा अर्को समस्या पनि छ । त्यो हो, पुनः आक्रमण वा एकपटक संक्रमणमुक्त भइसकेपछि पुनः संक्रमण हुने रोगको हकमा पनि यसले काम गर्दैन । जस्तो कि कोरोना भाइरसबाट संक्रमणमुक्त भएका दुई जापानी र चिनियाँमा पुनः यसको संक्रमण देखिएको समाचार बाहिरिएको थियो ।
‘हर्ड इम्युनिटी’को विकास खोप दिएपछि मात्रै हुन सक्छ । तर, कोरोना भाइरसविरुद्ध कुनै खोप नै बनिसकेको छैन । त्यसैले पनि ‘हर्ड इम्युनिटी’को प्रक्रिया कोरोना भाइरसका सम्बन्धमा कामयावी नरहेको अन्य विशेषज्ञहरूको भनाइ छ ।
प्रोफेसर हानेजले त अझ ‘हर्ड इम्युनिटी’ प्रक्रियाका कारण भविष्यमा मृत्युदर कम हुने भए पनि समग्रमा यसले हानि नै गर्ने दाबी गरेका छन् । उनको तर्क छ, ‘मृत्युदर थोरै होला, तर करोडौँ मानिसमा संक्रमण भए यसै पनि मृत्यु हुनेको संख्या बढी नै हुन्छ । अनि यो कसरी लाभदायी भयो रु’
बेलायती बालरोग विशेषज्ञ एवं विश्व स्वास्थ्य संगठनका विभागीय निर्देशक एन्थोनी कोस्टेलोले पनि ‘हर्ड इम्युनिटी’को विपक्षमा आफ्नो मत जाहेर गरेका छन् । उनले भनेका छन्, ‘चीनले जस्तै राष्ट्रियस्तरमा मिहिनेत गरेर रोगलाई नियन्त्रणमा लिन छोडेर लाखौँ मानिसको स्वास्थ्यमाथि खेलवाड हुने गरी ‘हर्ड इम्युनिटी’को वकालत गर्नु गम्भीर विषय हो ।’
९एजेन्सीहरूको सहयोगमा०






