चीनमा विद्यार्थी जान थाले विद्यालय
कोरोना भाइरसले अहिले विश्व आक्रन्त बनेको छ । तर, यसको सुरुवात भएको चीनमा चाहिँ विस्तारै जीवन फेरि लयमा फर्किन थालेको छ । त्यहाँका केही प्रान्तहरुमा अब पसल खुल्न थालेका छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किन थालेका छन् । चाइना सेन्ट्रल टिभीले त दक्षिण पश्चिम चीनको गुइझाऔ प्रान्तमा विद्यालयहरु पनि खुल्न थालेको जनाएको छ । त्यहाँ एक महिनाभन्दा बढी समयसम्म सबै विद्यालयहरु बन्द भएका थिए ।
पछिल्ला केही दिन यता कोरोना संक्रमित व्यक्तिहरुको संख्या पनि चीनमा निकै कम हुन थालेका छन् । चीनमा कम हुँदै गए पनि अब युरोप र अमेरिकामा कोराना भाइरसको संक्रमण निकै डरलाग्दो रुपमा बढिरहेको छ । हेर्नुस्, बिबिसीले बनाएको एउटा भिडियो जहाँ विद्यार्थीहरु एक महिनापछि आफ्नो विद्यालय फर्किएका छन्ः बिबिसी






