टोकियो ओलम्पिककाे मिति सर्दैन : सिन्जो आवे

जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक तोकिएकै मितिमा हुने बताउनु भएको छ । कोरोना भाइरसको कारण टोकियो ओलम्पिक दुई वर्षपछि सर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री आवेले प्रतियोगिता नसर्ने बताउनु भएको हो ।
महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट जापान उत्रने दाबी गर्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईओसीले अन्तिम निर्णय गर्नुपर्ने बताउनुभयो । टोकियो ओलम्पिक कुनै समस्या बिना हुने उहाँले बताउनुभयो ।
अहिलेसम्म जापानमा १४ सयमा कोरोना सङ्क्रमण भएको छ भने २८ जनाको ज्यान गएको छ । टोकियो ओलम्पिकमा १० दशलमव दुई ६ बिलियन पाउण्ड खर्च गरिने भएको छ । टोकियो ओलम्पिकको टर्च र्याली मार्च २६ तारिखमा फुकुसीमाबाट सुरु हुनेछ ।