क्यानडाका प्रधानमन्त्री ‍दम्पती नै क्वारेन्टाइनमा

जनपत्र
३० फाल्गुन २०७६, शुक्रबार ०६:१९

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका दम्पती नै क्वारेन्टाइनमा बस्न थालेका छन्। प्रधानमन्त्री जस्टिनकी श्रीमती सोफी ग्रोगोर ट्रुडोमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले प्रधानमन्त्री दम्पती क्वारेन्टाइनमा रहेका हुन्। उनको रिपोर्ट आइनसकेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री जस्टिन ुसेल्फ क्वारेन्टाइनुमा रहेका हुन्।

ुहालै लन्डनबाट फर्केकी प्रधानमन्त्री पत्नी सोफीमा ज्वरोजस्तो हल्का फ्लू लक्षण देखिन थालेपछि उनको स्वास्थ्य परीक्षण गरिएको छ,ु प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, सोफी घरमै परीक्षणको नतिजाको पर्खाइम क्वारेन्टाइनमा छिन्। यद्यपि, सोफीमा देखिएका लक्षण भने हुँदै आएका छन्।

प्रधानमन्त्री जस्टिनमा भने कुनै पनि संक्रमणको लक्षण देखिएको छैन। उनी क्वारेन्टाइनमै छन्। उनले मन्त्रिपरिषद्को बैठक पनि फोन वा भर्चुअल रूपमा मात्र गरेका छन्। ुकोरोनाको जोखिम कम गर्न हामी परामर्शमा छौं,ु प्रधानमन्त्री कार्यालयले भनेको छ। क्यानडामा हालसम्म १ सयभन्दा बढी मानिसमा संक्रमण भएको बताइएको छ भने एक जनाको मृत्यु समेत भएको छ। हालसम्म विश्वभरमा १ लाख २७ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४ हजार ७ सय मानिसको मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*