एसईईमा हेटौंडाको १४ वटा परिक्षा केन्द्रमा स्वाथ्यकर्मीको हेल्पडेस्क

स्वास्थ्य समाग्री, मास्क, सेनेटरी प्याड र सेनीटाइजर प्रत्यक परिक्षा केन्द्रमा पठाइएको छ ।
जनपत्र
२९ फाल्गुन २०७६, बिहीबार १९:१५

हेटौंडा । देशैभरी जस्तैगरी चैत ६ गतेबाट हेटौंडामा सुरु हुने एसईई परिक्षालाई केन्द्रीत गरेर हेटौंडा उपमहानगरपालिकाले परिक्षा केन्द्रमा स्वास्थ्य सामाग्री सहितको हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।

एसईईको परिक्षा केन्द्रमा स्वास्थ्यकर्मी, मास्क र सेनेटरी प्याड सहितको व्यावस्था गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

परिक्षा केन्द्रमा धेरै जना विद्यार्थीको जमघट हुने भएकाले यसबाट सचेत रहनका लागि प्रत्यक परिक्षा केन्द्रमा मास्क, छात्राहरु मेन्सुलेसन भइहालेमा सेनेटरी प्याड र प्रत्यक परिक्षा केन्द्रमा प्राथमिक स्वाथ्य सामाग्री सहितको हेल्प डेस्क स्थापना गर्नका लागि सवै तयारी गरिएको मेयर महतले वताउनुभयो ।

प्रत्यक परिक्षा केन्द्रमा सेनेटराइज वितरणको तयारी भएको छ । हेटौंडाका १४ वटा परिक्षाकेन्द्रबाट करिव ४ हजार विद्यार्थीले एसईइ परिक्षा दिदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*