इरानले भारतको कडा आलोचना गर्दै भन्यो– विश्वभरका मुसलमानको दिल दुखायौ

जनपत्र
२३ फाल्गुन २०७६, शुक्रबार ०६:४०

इरानका सर्वोच्च नेता आतुल्लाह खामेनीले दिल्ली हिंसाका विषयलाई लिएर भारतको कडा आलोचना गरेका छन् । दिल्लीको उत्तरपूर्वी जिल्लामा २४ देखि २६ फेब्रुअरीमा भएको हिंसामा परेर करिब ५० जना मारिएका थिए भने २ सयभन्दा बढी घाइते भएका थिए । उक्त हिंसामा मारिनेमा सबैभन्दा बढी मुसलमान समुदायका मानिसहरु थिए ।

इरानका सर्वोच्च धार्मिक नेता खामेनीले बिहीबार ट्वीट गर्दै भारतमा मुसलमान समुदायमाथि दमन भैरहेको र विश्वभरका मुश्लिमहरु यसमा निकै दुःखित रहेको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘भारतमा भएको मुसलमानमाथिको नरसंहारबाट दुनियाँभरका मुसलमानहरुको दिल दुखेको छ ।’ उनले ट्वीटमा लेखेका छन्, ‘भारत सरकारले कट्टरपन्थी हिन्दु पार्टीहरुलाई रोक्नुपर्छ र भारतले इस्लामिक संसारबाट अलग थलग नहुनका लागि मुस्लिमहरुको नरसंहार रोक्नुपर्छ ।’ खामेनीले ट्वीटको अन्तिममा ‘भारतीय मुसलमान खतरामा’ भनेर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*