मन्त्री खतिवडाकाे राजीनामा स्वीकृत : अर्थ र सञ्चार मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीलाई

अर्थ मन्त्रालय र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नुहुने भएको छ ।
मंगलबार राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका अर्थमन्त्री तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री खतिवडाले दिनुभएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हाल्नेगरी जिम्मेवारी तोक्नुभएको हो ।