सामाजिक सञ्जाल छाड्ने सोचमा भारतीय प्रधानमन्त्री मोदी

जनपत्र
२० फाल्गुन २०७६, मंगलवार ०७:०८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल छाड्ने विचार व्यक्त गरेका छन् । सोमबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल एवं फेसबुक मार्फत् मोदीले यस्तो जानकारी दिएका हुन् । ट्वीटर एवं फेसबुकमा उनले भनेका छन् आगामी आइतबार फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जाल छाड्ने सोच बनाइरहेको छु । यद्यपि उनले यसको कारणबारे भने केही पनि उल्लेख गरेका छैनन् ।

प्रधानमन्त्री मोदी विश्वका धेरै फलोअर भएका सामाजिक सञ्जाल प्रयोगकर्ताको सूचीमा पर्ने व्यक्ति हुन् । ट्वीटरमा मोदीको ५ करोड ३३ लाख फलोअर्स रहेका छन् भने फेसबुकमा ४ करोड ४५ लाख फलोअर्स छन् । उनको इन्स्टाग्राममा ३ करोड ५२ लाख एवं युट्युबमा ४५ लाखले सब्सक्राइब गरेका छन् ।
मोदीको यो ट्वीटपछि धेरैले भारतमा नयाँ मौलिक सामाजिक सञ्जालको स्थापना हुन लागेको अनुमान गरेका छन् । मोदीको यो ट्वीटमा नै धेरै युजरहरुले यस विषयमा जिज्ञासा राखेका छन् । कतिपयले भारतमा चर्किँदो हिंसालाई नियन्त्रण गर्नको लागि मोदीले सामाजिक सञ्जाल आफैंबाट बन्द गर्न सुरु गरेको आशंका समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*