कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पनि एकको मृत्यु

जनपत्र
१८ फाल्गुन २०७६, आईतवार ०७:१३

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ। अमेरिकामा यो पहिलो घट्ना भएको त्यहाँस्थित अधिकारीहरुले जनाएका छन्। वाशिङ्टनको उत्तर पश्चिम सहरमा ५० वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ। उनी यसअघिदेखि नै बिरामी रहेको बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सबै परिस्थितिका लागि तयार रहेकाले कोरोना भाइरसबाट नआतिन अमेरिकीबासीलाई आग्रह गरेका छन्। अमेरिकाले चीनसँगै कोरिया र युरोपेली मुलुक इटालीबाट बच्‍न त्यहाँबाट आउने पर्यटकहरुमा कडाइ गरेको छ।

चीनबाहेक कोरिया, इरान र इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसारा अहिलेसम्म ५७ देशमा कोरोना भाइरस भेटिएको छ। जसमध्ये ८५ हजार मानिसमा यसको संक्रमण भेटिएको छ भने तीन हजार मानिसको मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*