दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप : सावधानी अपनाउन नेपालीलाई आग्रह

जनपत्र
१२ फाल्गुन २०७६, सोमबार ०७:२६

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ । ठूलो संख्यामा नेपाली विद्यार्थी र श्रमिक रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलिएपछि दूतावासले आइतवार विज्ञप्तिमार्फत आफ्ना नागरिकलाई सचेत रहन आग्र गरेको हो ।

अहिले कोरियामा कोरोना भाइरसबाट प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा सो भाइरस फैलिएकाले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*