बागमती गोल्डकप फुटबलको उपाधि जावलाखेल युवा क्लबको पोल्टामा

जनपत्र
११ फाल्गुन २०७६, आईतवार १८:५२

हेटौंडा । मकवानपुरको बागमतीमा आयोजित तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले पराजित गर्दै जावलाखेलले उपाधी उचालेको हो ।

जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियर ४९ औ मिनेटमा गरेको एक मात्र गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो । पहिलो हाफ गोल रहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको पाँचौ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन ।

हिजो भएको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेलले फाईनलमा हिमालयनसंगको भेट पक्का गरेको थियो । जितसंगै जावलाखेलले ६ लाख नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनले लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

खेलको म्यान अफ द म्याच जावलाखेलका दिलेन मोक्तान भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको सर्बोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका बिदेशी खेलाडी अदा म डुम्बिया भए । उनले नगद ५० हजार प्राप्त गरे । यसै गरी प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए , उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका का अरुण ब्लोन भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसि भए । उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्रप्त गरेका छन् ।

गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्ने ब्यवस्था मिलाइएको थियो । पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*