पोखरामा पहिलोपटक प्याराग्लाइडिङ वर्ल्डकपको एसियन टुर

जनपत्र
१० फाल्गुन २०७६, शनिबार ०७:००

आगामी आइतबारदेखि पोखरामा प्याराग्लाइडिङ वर्ल्डकपको एसियन टुर हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलटस् क्लबको सहकार्यमा पहिलोपटक वर्ल्डकपको एसियन टुर हुन लागेको हो।

खेल पर्यटनको प्रवर्द्धन र विश्वस्तरमा नेपालको प्याराग्लाइडिङ दक्षता प्रदर्शन गर्न प्याराग्लाइडिङ वर्ल्डकपको एसियन टुर पोखराबाट थालनी गर्न लागिएको नेपाल हवाई खेलकुद संस्था ९ना० का पूर्वअध्यक्ष तथा प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईले जानकारी दिए। यसअघि पोखरामै दुई पटक प्रि(वर्ल्डकप प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भइसकेको छ।

एफएआई ९फेडेरेसन एरोनोटिक इन्टरनेसनल० बाट लाइसेन्स प्राप्त प्यारापाइलट मात्रै सहभागी हुने प्रतियोगितामा करिब १ सय १५ जनाले प्रतिस्पर्धा गर्दैछन्। वर्ल्डकप टुरमा नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, जापान, भारत, कोरिया, इरान, भियतनाम र ताइपेइका खेलाडीको सहभागिता रहनेछ। एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ।

क्रसकन्ट्रीको लागि ७ टास्क पूरा गर्नुपर्छ। मौसममा खराबी आए एकै दिन पूरा गरेको टास्क अनुसार विजेता छनोट हुन्छन्। प्रत्येक दिनको टास्क पूरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा हालसम्म १ सय ८ जनाले नाम दर्ता गराइसकेको र शनिबारसम्म दर्ता म्याद रहेको भट्टराईले जानकारी दिए। प्रतियोगितामा नेपालबाट मात्रै १५ जनाको प्रतिनिधित्व रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*