इंलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०६:१७

इंलिस प्रिमियर लिग फुटबलमा मंगलबार विहान दुई चिरपरिचित प्रतिद्वन्द्वी चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार मंगलबार विहान १स्४५ बजे हुनेछ ।

खराब अवस्थाबाट गुज्रिरहेको चेल्सी पछिल्ला खेलहरुबाट भने केही लयमा देखिन्छ । चेल्सी घरेलु मैदानमा जीत निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने लक्ष्यमा छ । लिगमा ४१ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ । यो अंक तेस्रो स्थानको लेष्टर सिटीको भन्दा ९ अंकले कम हो ।

यता, युनाइटेड चेल्सीलाई उसैको मैदानमा हराएर शीर्ष पाँचसँगको अंक दुरी कम गर्न चाहन्छ । खराब लयबाटै गुज्रिरहेको युनाइटेड नवौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*