बागमती गोल्डकपमा न्यु डाँफे मकवानपुर विजयी

जनपत्र
४ फाल्गुन २०७६, आईतवार १८:४४

हेटौंडा / बागमती गोल्डकप फुटबल प्रतियोगितामा आज भएकोे खेलमा नवजनजागृती युवा क्लब सिमरालाई ४- ० गोल अन्तरले पछाडि पार्दै न्यु डाँफे युवा क्लव मकवानपुर विजयी भएको छ । विजयी सँगै अव डाँफेले सेमिफाइनल प्रवेशको लागि बाटो खोलेको हो । अब मकवानपुरले जावलाखेल युवा क्लवसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिस्पर्धात्मक खेलमा ४० औं मिनेटमा मकवानपुरको तर्फबाट विश्व अधिकारीले गोल प्रहार गरेका थिए । यसैगरी मकवानपुरबाट खेलिरहेका युवा स्ट्राइकर प्रिजेन तामाङले ४४ औं मिनेटमा दोस्रो गोल गरे । उनले सिमराका गोलरक्षक सुवास बलले गरेको गल्तीको फाइदा उठाउदै गोल गरेका थिए ।

खेलको ७० औं मिनेटमा मकवानपुरको तर्फबाट हिसुब थपलियाले तेस्रो गोल गरेका थिए । उनले कृष्ण लामाको पासमा गोल गरेका थिए । खेलको ९१ औं मिनेटमा रविन स्याङ्तानले चौथो गोल गरे ।

खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैया प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत् सोमबार भोलि आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिता फागुन १२ गते सकिनेछ ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छा् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्ने छन्। पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*