वुहानबाट उद्दार गरिने नेपालीले शर्तनामामा हस्ताक्षर गर्नुपर्ने

जनपत्र
२ फाल्गुन २०७६, शुक्रबार ०७:०३

सरकारले कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपालीहरुलाई शनिबार उद्दार गर्ने तयारी गरेको छ । नेपालमा क्यारेन्टाइन लगायतका सबै तयारी पुरा भएपछि उनीहरुलाई ल्याउन लागिएको हो । उद्दार गर्नुपूर्व नेपालीहरुले मञ्जुरीनामा गर्नुपर्ने भएको छ ।

बेइजिङस्थित नेपाली दूताबासले निकालेको सूचनाअनुसार ६बुँदे शर्तहरु पालना गर्छु भनेर शर्तनामा गर्नुपर्नेछ । शर्तहरुमा सरकारले तोकेको क्वारेन्टाइननमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने छ भने आफन्तहरुसँग भेटघाट गर्न नपाइने छैन ।

शर्तनामा पालना गर्न सहमत भएको रपालना नगरे कानून बमोजिज सहुँला, बुझौंला भनेर शर्तनामामा हस्ताक्षर गर्नुपर्ने दूताबासले जनाएको छ । वुहानबाट उद्दार गरिएकाहरुलाई खारिपाटीमा राख्ने सरकारको तयारी छ । अनलाइनखबारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*