कोरोना भाइरस : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो
चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन्।
कोरोना भाइरसका कारण चीनमा मात्रै थप ९७ जनाको मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेर ११ सय १३ पुगेको हो। सङ्क्रमित हुनेको सङ्ख्या भने चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ।






