हतियार बन्दोवस्तीको जिम्मा पाएका तालिवानी नेता मारिए

जनपत्र
२८ माघ २०७६, मंगलवार ०६:२९

अफगानिस्तानको तालिवान समूहलाई हतियार बन्दोवस्तीको गर्दै आएका उक्त समूहका एक नेता मारिएका अफगानी अधिकारीले जनाएका छन् । उत्तरी बल्ख प्रान्तमा सेनाले अबुवाकर भनिने मोहम्मद गुललाई लक्षित गरी गरेको हवाई आक्रमणमा उनी मारिएका रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

‘अफगान वायु सेनाले अबुवाकरविरूद्ध लक्षित गरी आइतबार राति गरेको कारबाहीमा उच्च प्रविधिको हतियारको जिम्मेवारी सम्हाल्दै आएका उनको मृत्यु भएको छ,’ मन्त्रालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अबुवाकरले बल्ख प्रान्तको चिम्ताल जिल्लास्थित देलबर गाउमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका अधिकारीले बताएका छन् । मृतक ती नेताले तालिवानी समूहलाई ‘लेजर विपन’को प्रवन्ध मिलाउने गरेका अफगानी सेनाले जनाएको छ । अफगानिस्तानमा विगत १८ वर्षदेखि तालिवानी लडाकू अमेरिकी सेनाको सहयोग प्राप्त सरकारी सेनासँग लड्दै आएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*