कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुग्यो

जनपत्र
२७ माघ २०७६, सोमबार ०६:४७

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ ।
ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ । यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशँकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ । जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको बीबीसीले जनाएको छ ।

जहाजमा कोरोना संक्रमित पनि रहेको आशँकामा ३ हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई जहाजबाट उत्रन रोक लगाइएको थियो ।

जापानमा यस्तै एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन् । एकजना कोरोना संक्रमित जहाजमा रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाईनमा राखिएको खबरमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*